आप्रवासी संकटबारे छलफल गर्न १६ युरोपेली राष्ट्रका नेता शिखर सम्मेलनमा

युरोपेली संघ (इयू) का १६ मुलुकका नेताले ब्रसेल्समा हुने आप्रवासी संकटबारे आइतबार हुने शिखर सम्मेलनमा भाग लिने संकेत गरेका छन् ।आप्रवासी शरणार्थीबारे समाधान निकाल्न सम्मेलनको आयोजना यूरोपेली आयोगका प्रमुख जाँ क्लाउड जंकरले गरेका हुन् ।
आप्रवासीको समस्या समाधानमा कसले पहिले प्रक्रिया थाल्छ भनी विश्वभरबाट चासो बढिरहेका समय ती देशका नेताहरूले समाधानका लागि गर्न लागिएको छलफलमा भाग लिने संकेत गरेका हुन् । इयू सदस्य राष्ट्रमध्ये सबैभन्दा आप्रबासीका कारण ग्रीस र इटालीमाथि भार परिरहेका समय ती देशहरूले उक्त भारलाई समान बहन गर्नुपर्ने बताएका हुन् ।
आयोगका प्रवक्ता अलेक्जेन्डर विन्टर्सस्टनले आप्रवासी संकटबारे शुरुमा आठ मुलुकबीच छलफल गरेको बताए । उनले अहिले १६ वटा मुलुक अनौपचारिक छलफल गर्न तयार रहेको जानकारी दिए ।शुरुमा बेल्जियम, नेदरल्याण्ड, क्रोएसिया, स्लोभानिया, डेनमार्क, फिनल्याण्ड, स्वीडेन र लक्जेम्वर्गबीच कुराकानी भएको र अब अन्य मुलुकसँग छलफल हुने उनको भनाइ थियो ।
हंगेरी, पोल्यान्ड, चेक रिपब्लिक र स्लोभाकियाका नेताहरु भने समयको अभाभका कारण भाग लिने छैनन् । (एजेन्सी)
(एजेन्सी) – सिनर्जी एफ.एम