"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

काठमाडौं महानगरले तिरेन सडकबत्तीको एक अर्ब ८५ करोड बिल

काठमाडौं, मंसिर ९-

सहरी क्षेत्रमा झिलिमिली हुने गरी सडकबत्ती बले पनि स्थानीय तहले सडकबत्तीबापतको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिरेका छैनन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनभन्दा अघिदेखिका सडकबत्तीबापतको बक्यौता रकम स्थानीय तहले प्राधिकरणलाई नतिरेको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्ममा ३३८ वटा स्थानीय तहले कुल छ अर्ब ९३ करोड ८३ लाख ४३ हजार ७६९ रुपियाँ प्राधिकरणलाई तिर्न बाँकी छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले स्थानीय तहले जनप्रतिनिधि आउनुभन्दा अघिदेखिको सडकबत्तीबापतको बक्यौता रकम तिर्न बाँकी रहेको बताए। बक्यौता रकम नतिर्ने स्थानीय तहमा गाउँपालिकादेखि महानगरपालिकासम्म छन् ।

सडकबत्तीबापतको सबैभन्दा धेरै रकम तिर्न बाँकी काठमाडौँ महानगरपालिकाको छ । महानगरपालिकाकाले मात्र एक अर्ब ८५ करोड ८३ लाख १२ हजार ६०० रुपियाँ प्राधिकरणलाई भुक्तानी दिन बाँकी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गोरखापत्रमा खबर छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button