"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

भिरालो बाटोमा ब्रेक फेल भएपछि स्कुल बस दुर्घटनाः चालकले यसरी जोगाए ३२ जनाको ज्यान

भरतपुर,मंसिर ९-

चितवनको कालिका नगरपालिका ४ स्थित चित्रवन स्कुलको बस शनिवार चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा बनभोज खाएर फर्कदै थियो । मधेश प्रदेश ०३–०११ क २६७७ नम्वरको स्कुलको आफ्नै बसमा चालकसहित ३२ जना सवार थिए । वनभोज सकेर विद्यार्थी लिएर बस ओरालो लाग्दै थियो । भिरालो बाटो झर्दै गरेको बस कालिका नगरपालिका ९ द्रब्यटार आएपछि एक्कासि ब्रेक फेल भयो । ब्रेक फेल भएको बसको स्टेरिङमा बसका चालक जितेन्द्र चौधरी हुनुहुन्थ्यो । उहाँले बसको ब्रेक फेल भएपछि विधार्थीलाई कसरी जोगाउने भन्नेतर्फ लाग्नुभयो ।
उहाँले बसका सहचालकलाई क्याविन र अगाडि बसेका विद्यार्थीलाई पछाडिको सिटमा लैजान भन्नुभयो । ब्रेक फेल भइसकेपछि पनि उहाँले बसलाई दुई वटा मोड सहजै पार गराउनुभयो । उहाँले विद्यार्थीको ज्यान बचाउन र थप क्षति नहोस भनेर बसलाइ सडक छेउको भित्तामा ठोक्काएको बताउनुभयो । ठूलो घुमाउरो बाटो आएपछि अन्तिम विकल्पको रुपमा बसलाइ भित्तोमा ठोक्काएको उहाँको भनाई छ । पहिला आफूलाई सम्हाले अनि बसका विद्यार्थी कसरी जोगाउने भन्नेतिर लागें’, जीतेन्द्रले भन्नुभयो, ‘त्यसपछि बसमा रहेकाहरुको ज्यान जोगाउनतिर सोच आयो । ठूलो घुमाउरो बाटो आएपछि बसलाई भित्तोमा ठोक्काएँ । ’

बसका सहचालक गोबिन्द पौडेलले विधार्थीलाइ जोगाउन बसको क्याबिनबाट पछाडि सिटमा सार्न सफल भएको र चालक नआत्तिएका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको बताउनुभयो । चालक चौधरीले अरु केही सिप नलागेपछि बसलाई सडक छेउको भित्तामा ठोक्काएको पौडेलले बताउनुभयो । दुर्घटनापछि सामान्य घाइते भएपनि ३२ जनाको ज्यान जोगिएको छ ।
बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन । दुर्घटनामा बसमा सवार ३२ जना मध्ये चालक र एक शिक्षिकासहित २८ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो । दुर्घटनामा एक बालिका बढि घाइते भएपनि खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये २२ जनाको चितवन मेडिकल कलेज र ६ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

पिकनिक खान स्कुलमा अध्ययनरत ५ देखि १० कक्षा सम्मका विधार्थी र शिक्षक शिक्षिका गएका थिए । विधार्थीहरुको उपचारको अवस्था बुझ्न कालिका नगरपालिकाका प्रमुख र उपप्रमुख दुबै जना अस्पताल पुग्नुभएको थियो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button