भरतपुरमा बलेरोको ठक्करबाट साइकल यात्रीको मृत्यु

चितवन, कात्तिक २४-
भरतपुर महानगरपालिका–५ नयनचोकमा शुक्रवार बलेरोको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
शुक्रवार दिउँसो १२ बजेको समयमा ना ४ च ६९५१ नम्बरको बलेरोले साइकललाई ठक्कर दिंदा साइकल चालक पर्सा सखुवापर्सौनी गाउँपालिका–४ घर भई हाल गैंडाकोट नगरपालिका–५ मा डेरा गरि बस्ने वर्ष १७ को इशान अन्सारी गम्भिर घाइते भएका थिए ।
साइकल यात्री अन्सारीको भरतपुर अस्पतालमा उपचारका क्रममा शुक्रवार दउँसो १२ः२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बलेरो र बलेरो चालक माडी नगरपालिका–३ बस्ने वर्ष २४ को मनोज महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो