राजदूत र कतार बैंकका गभर्नर बीच भेटघाट सम्पन्न

कतारका लागि नेपालका राजदूत प्रा. रमेश प्रसाद कोइरालाले र कतार केन्द्रिय बैंकका गभर्नर एच.ई शेख अब्दुल्लाह विन साउद अल थानी सँग भेटघाट गर्नुभएको छ। कतारी केन्द्रिय बैंकको कार्यालयमा भेटवार्तामा कतारमा कार्यरत उल्लेख्य संख्यामा रहेका नेपाली कामदारहरुको आर्थिक सुरक्षा, कतार-नेपालबीचको विप्रेषण प्रवाहमा देखिएका समस्याहरु लगायत विविध विषयहरुमा छलफल गरिएको छ।

नेपाली कामदारको आर्थिक सुरक्षाका लागि श्रमिक सुरक्षा प्रणाली(डब्लुपीएस) कार्यक्रमको प्रभावकारीतालाई मध्यनजर गरी निकट भविष्यमा पैसा पठाउनका लागि मोबाईल एप निर्माण हुने सम्बन्धमा समेत छलफल गरिएको छ ।साथै कतारमा कार्यरत नेपालीहरुले स्वदेश पैसा पठाउँदा कम शुल्क लाग्ने गरी र सहज ढङ्गले रकम भुक्तानी गर्ने सम्बन्धी बिषयमा कतारी केन्द्रिय बैंकको गभर्नर बाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button