जग्गादातालाई प्रहरीको सम्मान

चैनपुर (बझाङ), कात्तिक ३-
अस्थायी प्रहरी पोष्ट झोता र छान्ना पाटादेवलका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुभएका नन्दादेवी सिंह, कृष्णबहादुर सिंह र पूर्णबहादुर थापालाई सम्मान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई प्रहरी महानिरीक्षक वसन्त कुँवरद्वारा हस्ताक्षरित प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीका अनुसार अस्थायी प्रहरी पोष्ट झोताका लागि नन्दादेवी र कृष्णबहादुर र थापाले जग्गा दान गर्नुभएको थियो ।
प्रहरी प्रमुख भण्डारीले चैनपुरस्थित जिल्ला प्रहरी कार्यालय, बु्ङ्गलमा रहेको इलाका प्रहरी कार्यालय र मेलबिसौनाको प्रहरी चौकी बाहेक अन्य स्थानमा रहेका कार्यालय भाडाको घरमा सञ्चालन भएका बताउनुभयो । रासस
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो