कतार आइपुग्यो ‘नेपथ्य’

नेपालको चर्चित लोक रक समूह ‘नेपथ्य’ दोस्रो पटक कतार आइपुगेको छ । इस्लाम ध्मावलम्बीहरूको पर्व इद अल अधाको दोस्रो दिन ग्रान्ड मल स्थित एसियन टाउन एम्पीथिएटरमा हुने सांगीतिक प्रस्तुति दिन कतार एयरवेजको ६५३ को जहाज मार्फत नेपथ्य अहिले २:३० बजे कतार आइपुगेको हो। 

लेवल एफ एन एड्भर्टाइजमेन्ट एण्ड इभेन्ट मुख्य आयोजक, सहआयोजको रुपमा कास्की आदर्श सेवा समाज कतार र रामनगर ठिमुरा सेवा समाज कतारको सयुक्त आयोजनमा उक्त कन्सर्ट हुँदैछ ।  सन् १९९१ मा स्थापना भएसँगै ९ वटा एल्बम प्रकाशित गरिसकेको नेपथ्यका गितहरु सबै उमेर समुहका नेपालीमाझ लोकप्रिय रहेको छ ।

संगीतिक मनोरञ्जनसँगै सामाजिक कार्यमा समेत सहभागी गराउँदै आएको नेपथ्यले हरेक पुस्ताका नेपालीलाई नेपाली गीत संगीतमा चाख र गर्व गर्न लायक बनाउँदै आएको नेपथ्यको दोर्सो कतार यात्रालाई ऐतिहासिक र भव्य बनाउन कुनै कसुर बाँकी नराख्ने आयोजक  लक्ष्मण प्रसाद चौलागाई र दिपक भण्डारीले क्युएन खबरलाई बताउनु भएको छ ।


कार्यक्रमको नाम : नेपथ्य लाइभ इन दोहा
मिती : बक्र ईदको दोस्रो दिन
समय : साँझ ५ बजे
स्थान : सनैया स्थित ग्रान्ड मलको पछाडि रहेको एम्पिथियटर
टिकट दर : ३५ , ५० र १०० रियाल

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button