"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

गुगल म्यापको भरले बन्दै गरेको पुलबाट कार खस्दा तीनजनाको मृत्यु

लखनउ, मंसिर ९-

भारतको उत्तर प्रदेश राज्यमा शनिबार राति अनौठो घटना भएको छ । उत्तर प्रदेशको बरेली र बदायुंको सीमामा दर्दनाक घटना भएको हो ।

यहाँस्थित रामगंगा नदीमा फरिदपुर-बदायु्ंको दातागञ्जलाई जोड्ने अधुरे निर्माणधीन पुलबाट ट्याक्सी परमिट लिएको कार नदीमा खसेको हो ।

अधुरो पुलबाट कार खस्दा त्यसमा सवार तीनजनाको घटनास्थलमै ज्यान गएको छ । समाचार अनुसार उक्त कारमा सवार यात्रुहरू गुगल म्यापको सहयोगमा गन्तब्यतिर गइरहेका थिए । उनीहरूलाई उक्त अधुरो पुलबारे जानकारी थिएन।

तीव्र गतिमा रहेको उक्त कार अधुरो पुलबाट सिधै तल नदीमा खसेको पाइएको छ । तीव्र गति भएकैले चालकले कारलाई रोक्न नसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तीव्र गतिमा रहेको कार जब अधुरो पुलको भाग सकिने स्थानमा पुग्यो, तब २५ फिट तलको रामगंगा नदीमा गएर बजारियो । त्यसक्रममा कारमा सवार चालकसहित सबै तीनजनाको घटनास्थलमै मृत्यु भएको एबीपी न्यूजले उल्लेख गरेको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button