आज २०३ जनामा भाइरस देखियो

गएको २४ घण्टामा २०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २३७ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज भाइरस देखिएका मध्ये १९३ जना स्थानीय र १० जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,१८,७७८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ५,२२२ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १९७ रहेको छ र निको हुनेको संख्या १,१५,६६७ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ३२ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ३९२ जना
आईसीयुमा भर्ना भएका – ५ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ६८ जना
आज सम्म जाँच भएको संख्या – ६,२९,८३१ जना
निको हुन बाँकीको संख्या : २,९१४ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
