चितवनको वागीश्वरीमा शुक्रबार पनि सामूहिक गौ पुजा र कथा बाचन जारी

चितवन, कात्तिक १६-
चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १ स्थित वागीश्वरीमा शुक्रबार पनि सामुहिक गौ पुजा र संगीतमय कथा बाचन जारी रहेको छ । लक्ष्मी पूजा तथा गोवर्द्धन पूजाको अवसरमा विगतका वर्षको निरन्तरता स्वरूप आज पनि गौ पुजा गरिएको हो ।
योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा बिहिबारदेखि वागेश्वरीमा गौँ पुजा सुरु भएको छ । आज (शुक्रबार) दोस्रो दिन भएको कार्यक्रममा गौ आरती, गौ पुजा र संरक्षकलाई सम्मान समेत गरिको थियो । भोलि (आइतबार)सम्म जारी रहने गौ पुजामा विभिन्न अतिथि तथा दर्शनार्थीको उपस्थिती हुँदै आएको छ । आज वागीश्वरीका प्रमुख संरक्षक श्रीसनाथ योगीको प्रमुख उपस्थिति रहेको थियो । कार्यक्रमम बोल्दै उनले गाईको संरक्षण र पुजा गर्नाले आफुलाई आइपर्ने समस्याहरु हटेर जाने बताए । स्थानिय जातका गाईलाई संरक्षण गर्न उनले सम्पूर्णमा आग्रह समेत गरेका छन् ।
योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका सल्लाहार टंकनाथ पौडेलले विगतदेखि गौ सरक्षणमा लागेका व्यक्तिहरुलाई धन्यवाद दिएका छन् । वागेश्वरीमा २०६३ सालदेखि सामूहिक रुपमा गौ पूजन गर्न थालिएको हो । योगी नरहरीनाथले २०४३ सालमा माडीबाट कोटी होम लगाउन सात वटा गाई लिएर आएका र त्यो सङ्ख्या बढेर अहिले दुई सय ५० पुगेका हुन् । गौ पुजनको अवसरमा गाई पालनका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । यहाँ गाई संरक्षणका लागि एक करोडको अक्षयकोष बनाउने लक्ष्य राखिएको छ ।
यहाँ गाई संरक्षणका लागि ९ जना कर्मचारी समेत राखिएको छ । गाईपालनका लागि मासिक ६ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए । आजिवन सदस्य, पराल तथा दाना दाताबाट गाईपालनमा सहज भएको उनले बताए । गौ संरक्षणका लागि एक करोडको अक्षय कोष बनाउने लक्ष्य समेत राखिएको थियो । यस अभियानलाई सहयोग गर्न संयोजक ढकालले सम्पूर्णलाई आग्रह समेत गरेका छन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।