मन्त्रालयले देशको विभिन्न रोडहरुमा मोबाइल क्यामेरा जडान गर्यो

ट्राफिक नियम उल्लंघन घटाउन र नियम मिच्ने चालकलाई सजायको घेरामा ल्याउने उदेश्यका साथ आन्तरिक मन्त्रालयले देशको विभिन्न स्थानहरुमा मोबाइल क्यामेराहरु जडान गरेको छ । सवारीको गति पत्ता लगाउने क्षमता भएका क्यामेराहरुले तोकिएको गति नाघ्ने सवारी साधनलाई निगरानीमा राख्दछ ।
मोबाइल क्यामेरा आज राती देखि अल खोर कोस्टल रोड,अल वाक्रा रोड र अल रफा सडकहरुमा जडान गरिएको आन्तरिक मन्त्रालयले आफ्नो ट्वीटर मार्फत जानकारी दिएको छ । देशको सबै भागमा यस्तो क्यामेराहरु चाँडै जडान गरिने मन्त्रालयले थपेको छ ।
मोेबाइल क्यामेराले सडकको सुरक्षा बढाउने आशा गरिएको छ ।
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो