"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

अदालतमा रविको याचनाः श्रीमान् म भाग्दिनँ, धरौटीमा छाडिदिनुस्

काठमाडौं,मंसिर १०-

कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई म्याद थप्न अदालत लग्दा इजलासमा धरौटीमा छाड्न आग्रह गरेका छन् । आइतबार जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलालमा भएको सुनुवाईमा रविले नभाग्ने सतै राख्दै छाड्न आग्रह गरेका हुन् ।

उनले भनेका थिए, ‘श्रीमान् म कतै भाग्दिनँ, अदालतलाई सहयोग गर्छु, म कतै जाने पनि होइन । धरौटीमा छोडिदिनुस्’ । रविको आग्रहपछि न्यायाधीश बेलबासेले अरू जिल्लाबाट पनि पक्राउ पुर्जी जारी भएको बताउँदै फेरि पक्राउ पर्ने बताए । यसैले छाडे पनि कुनै अर्थ नहुने बताए ।

सरकारी वकिल कार्यालय कास्कीले पनि सोही भन्दै बहस गरेका थिए । वकिलले भनेका थिए, ‘कास्की अदालतले छाडे पनि चितवन र काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भएको छ । फेरि उता पक्राउ परिहाल्नुहुन्छ ।’ त्यसपछि रविसहित छविलाल जोशीलाई पनि १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । पूर्व गृहमन्त्री लामिछानेमाथि आज पाँचौँ पटक म्याद थपिएको हो ।

गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारी संस्थाबाट लिएको ऋण र अन्य कारोबारबारे आफूलाई जानकारी नभएको रविले दाबी गर्दै आएका छन् । तर, रविले सहकारीलाई चेक काटेर दिएको फेला परेको छ । उनको हस्ताक्षरसहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको अनुसन्धानका क्रममा भेटिएको प्रहरी स्रोतले बताएको छ ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button