स्कुल बस दुर्घटनाका घाइतेलाई प्रदेश वनमन्त्री सिलवालले भेटे
चितवन, मंसिर १०-
चितवनको इच्छाकामना गाउँपालिका–७ उपरदाङगढी पिकनिक गएर फर्कदै गरेको विद्यालयको बस दुर्घटनामा घाइते भएकाहरुको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले स्वास्थ्य अवस्था बारे बुझेका छन् । आईतबार बेलुका घाईतेहरुको उपचार भइरहेको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा पुगेर घाइते र परिवारलाई सिलवालले भेटेका हुन् ।
मन्त्री सिलवालले चिकित्सकहरुसँग बिरामीको अवस्था बारे बुझेका थिए । पिडित परिवारलाई धैर्य राख्न आग्रह गर्दै उपचाररत घाईतेहरुको स्वास्थ्यलाभको कामना गरे।
कालिका नगरपालिका–४ स्थित चित्रवन स्कुलको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस पिकनिक खाएर फर्किँदै गर्दा शनिबार अपरान्ह कालिका–९ मा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा २८ जना घाइते भएका थिए भने दुई जनाको अवस्था गम्भीर थियो।
गम्भिर घाईते मध्य पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत कालिका नगरपालिका–३ का सावित्री पोखरेलका–८ वर्षका छोरा आरम्भ पोखरेलको आज बिहान ५ बजे मृत्यु भएको छ भने अझै करिब १४ जनाको उपचार भैरहेको छ । बाँकी घाईते भने डिस्चार्ज भैसकेका छन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।