प्रदेश ५ को स्थायी राजधानी भुलावाङलाई बनाउने सरकारको निर्णय, दाङ बसिन्दा खुसी, बुटवलमा आन्दोलन

सरकारले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।
त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक मन्त्रीले जानकारी दिए ।
यो प्रस्तव गरेपछि प्रदेश ५ मा एक एक नयाँ तरंग पैदा भएको छ । जसले बुटवललगायतका क्षेत्रमा आन्दोलन सुरु भएको भने दाङमा भने खुसीयाली छाएको छ ।