रवि लामिछानेलाई आज काठमाडौं ल्याइने, चितवन पनि लैजाने प्रहरी तयारी
काठमाडौं, मंसिर ११-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ। सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँमा बयानका लागि ल्याउन लागिएको हो।
काठमाडौं कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनासम्बन्धी परेको जाहेरीका आधारमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ। सोही विषयमा अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
लामिछानेका एकजना सहयोगीले आज बिहान ८ बजेको उडानबाट काठमाडौँ ल्याउन लागिएको जानकारी दिएका छन्।
यसअघि उनलाई रुपन्देशी लगेर बयान लिइएको थियो। अब काठमाडौँमा बयान सकिएपछि चितवनबाट पनि पक्राउ पुर्जी जारी भएकाले त्यहाँ लगेर पनि बयान लिइने जनाइएको छ। चितवनको सहारा बहुउद्धेश्यिय सहकारीको बचत रकम अपचलनको विषयमा पिडितले पछिल्लो पटक लामिछानेसहित १० जना विरुद्ध पुरक जाहेरी दिएका थिए ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।