गणतन्त्र दिवसको अवसरमा अमिरबाट शुभकामना

नेपालको ११ औं गणतन्त्र दिवसको अवसरमा कतारी अमिर शेख तमिम विन हमाद अल थानीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।आजको यस अवसरमा उप अमिर शेख अब्दुल्लाह अल थानले पनि शुभकामना ज्ञापन गर्नुभएको छ।

यसै अवसरमा कतारस्थित नेपाली दूतावास परिवारको तर्फ बाट राजदूत प्रो रमेश प्रसाद कोइरालाले पनि सम्पूर्ण नेपालीमा शुभकामना ब्यक्त गर्नुभएको छ।

गणतन्त्र दिवसकै अवसरमा कतारी प्रधान तथा आन्तरिक मन्त्री शेख अब्दुल्लाह विन नासेर विन अल थानीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना ज्ञापन गर्नुभएको आजको पत्रपत्रिकामा  समाचार छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button