क्यान महासंघ चितवनको अध्यक्षमा लामिछाने निर्विरोध चयन
चितवन, मंसिर ११-
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ जिल्ला शाखा चितवनको अध्यक्षमा विष्णु प्रसाद लामिछाने निर्विरोध चयन भएका छन् ।
क्यान चितवनको १९औँ वार्षिक साधारणसभा तथा ९औँ अधिवेशनमार्फत लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।
क्यान चितवनको उपाध्यक्षमा उपाध्यक्षमा रुपक नेपाल, सचिवमा इन्जिनियर कृष्ण पोखरेल, कोषाध्यक्षमा अशिम ढुङ्गाना र सहसचिवमा अनिता भुसाल चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा प्रदिप महतो, दिनेश पन्डित, जेवि थापा, निरन्जन आचार्य र जानकी शर्मा चयन भएको क्यान चितवनका निवर्तमान अध्यक्ष टेकलाल भुसालले जानकारी दिए ।
क्यान महासंघका केन्द्रीय सदस्य भानु शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चिरञ्जीवी सुवेदी, क्यान बागमती प्रदेश उपाध्यक्ष सन्तोषजनक भुसाल लगायतको सहभागीता थियो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।