महेन्द्र चोकको इतिहास मेटाउने कोसिस, झनै व्यवस्थित हुनेछ : विक्रम पाण्डे

चितवन, कात्तिक २६-

चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद विक्रम पाण्डेले भरतपुर महानगरपालिका–१५ मा रहेको महेन्द्र चोकको इतिहास मेटाउने कोसिस भएको  बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका पाण्डेले विज्ञप्ति जारी गरी महेन्द्र चोकमा गरिएको तोडफोडले आमनेपाली र चितवनबासीको आत्म सम्मानमा चोट पुगेको बताए ।

महानगरको निर्देशनमा महानगर प्रहरी र नेपाल प्रहरीले गएको कात्तिक २३ गते साँझ राजा महेन्द्रको शालिक राख्न बनाइएको संरचना हटाएको थियो । ‘यसको जवाफ उचित समयमा जनताले दिनेछन् । महेन्द्र चोक अब झन् व्यवस्थित हुनेछ’, पाण्डेले विज्ञप्तिमा भनेका छन्, ‘इतिहास र परम्पराको अपमान गरेर कुनै व्यक्ति, समाज वा राष्ट्रले प्रगति गर्न सक्दैन । अब सारा नेपाल र नेपाली जनताले नयाँ विकल्प खोज्ने छ ।’

चितवनमा बसोबास खुलाउने राजा महेन्द्रको नाममा राखिएको महेन्द्र चोकमा गरिएको तोडफोडलाई जनताले गम्भिर रुपले लिएको पनि उनले बताए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button