"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

सर्वोच्चको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादव पक्राउ

काठमाडौं, मंसिर ११-

आफूमाथि पतिले घरेलु हिंसा गरेको भन्दै न्यायको मागसहित आन्दोलन गर्दै आएकी सोलुखुम्बुकी बिनु यादव पक्राउ परेकी छन् । सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनले मंगलबार सर्वोच्चको मुल गेट नजिकको बोर्डमा कालो छ्यापेकी थिइन् । पठाओमा आएर सर्वोच्चको बोर्डमा उनले कालो छ्यापेको प्रहरीले जनाएको छ ।

यादवले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् । यादवसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए । अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् ।

यसअघि यादव आमरण अनशन पनि बसेकी थिइन् । सरकारसँग पाँच बुँदे सहमति भएपछि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०८० जेठमा जुस पिलाएर अनशन तोडाएका थिए ।

सरकारसँग भएको पाँच बुँदे सहमतिमा उनले दिएको मुद्दामा आवश्यक कारबाही अगाडि बढाउने र उनको जिवीकोपार्जनका लागि सहयोग गर्ने उल्लेख थियो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button