बिज्ञापन

पिसिआर परिक्षणको शुल्क तीन सय रियाल तोकियो

स्वास्थ्य मन्त्रालयले निजी अस्पतालमा कोभिड-१९ भाइरसको स्वाब परीक्षणको शुल्क तीन सय रियाल निर्धारण गरेको छ ।  यो निर्णय आज बिहीबार, अप्रिल ८ देखि लागू हुनेछ।

सरकारी क्षेत्रमा पिसिआर परिक्षण तत्कालको लागि स्थगित गरिएपछि निर्धारित नयाँ शुल्कले विदेश यात्रा गर्न चाहने व्यक्तिमा थोरै भएपनि भार कम हुने स्वास्थ्य सुविधा इजाजत तथा मान्यता विभागका निर्देशक नूरा अब्दुल्लाह अल मुल्लाले बताउनुभयो ।

त्यस्तै यस निर्णयले स्वास्थ्य सेवामा कार्यारत स्वास्थ्यकर्मीहरूको दवाव कम गर्न र उनीहरु भाइरस संक्रमित बिरामीप्रति केन्द्रित हुन मद्दत पुग्ने विश्वास गरिएको छ ।

निजि स्वास्थ्य केन्द्रले शुल्क निर्धारणको नियम पालना गरे नगरेको बारे मन्त्रालयले अनुगमन गर्ने अल मुल्लाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button