सुर्खेतमा फोर्स गाडी दुर्घटनाः चार जनाको मृत्यु, २५ घाइते

सुर्खेत,कात्तिक २३-

सुर्खेत-दैलेख सिमानास्थित वीरेन्द्रनगर नगरपालिका-१४ को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको गुराँस गाउँपालिकाका-८ का वडाध्यक्ष दिपेन्द्र वलीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी २५ जना घाइते भएका छन् । वडाध्यक्ष वलीका अनुसार घाइते २५ जनाको उद्दार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।  २९ जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको थियो । मृतकको पहिचान खुल्न बाँकी रहेको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button