कतारमा कोरोना : आज थप ६४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण

आज मिती २०७७ बैशाख १७ गते बुधवार २०२० अप्रिल २८ तारिख, रमदानको पाँचौ दिन ।
कतारमा पछीलो २४ घण्टामा २,८०८ जनामा जाँच गर्दा थप ६४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भेटिएको छ भने १०९ जना निको भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या १२,५६४ पुगेको छ ।
हालसम्म १,२४३ जना निको भएर घर फर्किएका छन् भने ११,३११ जना उपचारत छन् । आज सम्म ९१,४१५ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १० जनाको मृत्यु भएको छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/HvXvgHkI3z— وزارة الصحة العامة (@MOPHQatar) April 29, 2020
गल्फमा कहाँ कती भए
(यो समाचार तयार पार्दा सम्म कुल संक्रमित र मृत्युहुने को संख्या )
१-साउदी अरेबिया——- २०,०७७/ मृतक संख्या १५२
२-कतार —————- १२,५६४/मृतक संख्या १०
३-संयुक्त अरब इमिरेट्स- ११३८०/८९
४-कुवेत—————– ३४४०/मृतक संख्या २३
५-बहराइन ————- २८१०/मृतक संख्या ८
६-ओमान —————२१३२/ मृतक संख्या १०
अब अनिवार्य रुपमा मास्क लगाउन पर्ने
यो नियम आइतबार अप्रिल २६ देखि अर्को सुचना जारी नहुन्जेलसम्मका लागि लागू हुनेछ ।
यम उल्लंघन गर्ने जो कोहिलाई १९९० को कानुन नम्बर १७ बमोजिम तीन वर्ष जेल सजाय वा दुई लाख रियाल जरिवाना वा ती मध्ये एकको सजाय हुने मन्त्रालयले बताएको छ ।
निजी सवारीमा चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने
निजी सवारीमा आज अप्रिल २५ देखी अर्को सुचना नआउन्जेलसम्म चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने भएको छ । नियम परिवार र कम्पनीको सवारीमा भने लागू नहुने मन्त्रालयले बताएको छ ।
रमदान महिना भर
याद राखौ खुल्ला स्थानमा खाने, पिउने चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३,००० कतारी रियाल जरिवाना हुनसक्छ ।