"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कामको समिक्षा गर्न प्रधानमन्त्रीले सबै मन्त्री र सचिवलाई बोलाए सिंहदरबार

काठमाडौं, मंसिर १२-

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको समीक्षा गर्नका लागि मन्त्री र सचिवहरुलाई बैठकमा बोलाएका छन्।

प्रधानमन्त्रीले सरकारका कामको चौमासिक समीक्षाका लागि भन्दै मन्त्री र मन्त्रालयका सचिवसहितको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी प्रधानमन्त्री ओलीले समीक्षा बैठक बोलाएका हुन्। बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई डाकिएको छ। चालु आर्थिक वर्षमा सरकारले गरेका कामहरुको समीक्षा गर्ने प्रधानमन्त्रीको तयारी छ।

त्यस्तै अर्थतन्त्र सुधार उन्मुख गएको भनिएको, तर बजारमा महसुस हुन नसकेको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। यस्तै बैठकमा सरकारको काम प्रभावकारी हुन नसक्नुका कारण, जनतामा बढ्दै गएको निराशा लगायतका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button