महाशिवरात्रीमा प्रदर्शन हुने ‘लाज शरणम्’ को छायांकनमा व्यस्थ विजय बराल
काठमाडौँ, मंसिर १२-
अभिनेता विजय बराललेुलाज शरणम् को दोस्रो चरणको छायांकन सुरू गरेका छन्। हिजो (मंगलबार) देखि बरालले काठमाडौंको माइतीघरस्थित खाद्य गोदामबाट दोस्रो चरणको छायांकन सुरू गरेका हुन्। दसैंअघि डोल्पा सुटिङ सकेको फिल्मले काठमाडौं तालिका केहि दिन अगाडिबाट सुरू गरेको हो।
फिल्मको निर्माण टिमले छायांकनमा निस्कनु अगावै फागुन १४ गते महाशिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरेको थियो। फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राराई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहनेछ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्म फिल्मलाई सुदीप बरालले छायांकन गरिरहेका छन्। फिल्ममा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह(निर्माताको रूपमा रहेका छन्।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।