प्रदेश सांसदलाई एमालेले गर्यो निलम्बन
काठमाडौं, मंसिर १०-
नेकपा (एमाले)ले प्रदेश सांसद दुर्गा चौधरीलाई पार्टीबाट हटाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई गालीगलौज गरेको भन्दै प्रदेश सांसद चौधरीलाई पार्टीबाट हटाएको हो ।
स्पष्टीकरण सोध्दा पार्टीविरुद्ध जवाफ दिएको भन्दै मंगलबार एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङले प्रदेश सांसद चौधरीलाई पार्टीबाट निलम्बन गरेको पत्र पठाएको थियो ।
“स्पष्टीकरणको जवाफ दिने सन्दर्भमा आफ्ना कमी कमजोरीप्रति महसुस गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्धमा लिखित जवाफ दिनुभएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कारबाहीको व्यवस्थाअनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँदछु,” उनले प्रदेश कमिटी र पार्टी केन्द्रीय कार्यालयलाई बोधार्थ दिएर पठाएको पत्रमा उल्लेख छ । चौधरी बाँके क्षेत्र नम्बर १ (ख) बाट मा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन्
यस समाचारको श्रोत : www.narayanionline.com हो ।