टर्किद्वारा करिब १३ सय अनियमित आप्रवासी पक्राउ
टर्की, मंसिर १२-
टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले राष्ट्रव्यापी अपरेसनमा टर्कीका अधिकारीहरूले १ हजार २९८ आप्रवासी र ४३ तस्करलाई पक्राउ गरेको बताएका छन् । जसमध्ये सात विदेशी नागरिक रहेका छन् ।
उनले हिरासतमा रहेका आप्रवासीहरूको लागि निर्वासनको प्रक्रिया चलिरहेको समेत बताए । उनका अनुसार २८ हजार ८३५ सुरक्षाकर्मीहरूले ४ हजार ६०६ भवन, ८ हजार ४८ मनोरञ्जनस्थलहरू, ट्रक डिपोहरू, बस स्टेशनहरू, बन्दरगाहहरू र यातायात केन्द्रहरूसहित ५ हजार ७३५ स्थानहरूको निरीक्षण गरेका छन् ।
यर्लिकायाले देशमा शान्ति र सुरक्षा सुनिश्चित गर्दै अनियमित आप्रवासन र मानव तस्करी विरुद्ध लड्न सरकारको प्रतिवद्धतामा जोड दिए । २०२० देखि, टर्किएले ११ लाखभन्दा बढी अनियमित आप्रवासीहरूलाई रोकेको छ । एजेन्सी
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो