कतारमा कोरोना भाइरसको संक्रमणबाट निको हुन अझै ३०९५ जना बाँकी

गएको २४ घण्टामा २११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र १११ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १७१ जना स्थानीय र ४० जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,४६,२७९ पुगेको छ ।
मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ११,९६१ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २४६ रहेको छ भने निको हुनेको संख्या १,४२,९३८ पुगेको छ ।
कतारमा अझै ३०९५ जनालाई कोरोना भाइरसको संक्रमणबाट निको हुन बाँकी छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ३५ जना
अझै अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – २९४ जना
आईसीयुमा भर्ना भएका – ३ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – २९ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो