दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार, रिट खारेज
काठमाडौं,मंसिर १२-
सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गरिएको रिट खारेज गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार उक्त आदेश गरेको हो । प्रहरी हिरासतमा रहेका प्रसाईंका हकमा उनका छोरा निराजन प्रसाईंले गृहमन्त्रालय समेतलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश गरेको हो ।
साथै सर्वोच्चले विपक्षीको नाममा निर्देशानात्मक आदेशसमेत जारी गरेको छ । विदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै फेक डकुमेन्ट
सार्वजनिक गरेको अभियोगमा उनलाई सीआईबीको टोलीले यही मंसिर ४ गते पक्राउ गरेको थियो ।
यसअघि उनी असोज ६ गते पनि पक्राउ परेका थिए । सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको उजुरीको आधारमा साइबर ब्यूरोले उनलाई पक्राउ गरेको थियो । अदालतको आदेशबाट पछि उनी धरौटीमा रिहा भएका थिए ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।