धेरै स्थानमा एमालेको अग्रता

आइतबार भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । यो समाचार तयार पर्दा सम्म मतगणना भएका स्थानहरु मध्ये एमालेले १४ स्थानमा अगाडि छ भने कांग्रेस १२ र माओवादी ५ स्थानमा स्थानमा अगाडि छ ।
काभ्रेको बनेपा, कीर्तिपुर, धादिङको धुनवेशी, मकवानपुरको थाहा, नवलपरासी मध्यविन्दु, म्याग्दीको बेनी नगरपालिका र कास्कीको मादी गाउँपालिकामा एमाले उम्मेद्वारले अग्रता लिएका छन् भने मनाङको चामे गाउँपालिकामा एमालेका लोकबहादुर घले र महाअङ्काल गाउपालिका ललितपुरमा रम्चन्द्र दाहाल विजयी भइसकेका छन्।
ललितपुर महानगर, रुकुमको मुसिकोट, जुम्लाको चन्दननाथ नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ।
मओवादी केन्द्रले काठमाडौंको चन्द्रागिरी नगरपालिकामा सुर्खेत, भेरीगंगा नगरपालिकामा र जाजरकोट, शिवालय गाउँपालिका , वडा नं १ मा नेकपा माओवादी केन्द्रका मानवहादुर पुनको प्यानल विजय भएको छ ।