बिआरआई अनुदानका रूपमा लिन कांग्रेसको सुझाव
काठमाडौं, मंसिर १३-
नेपाली कांग्रेसले चीन सरकारको परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) अनुदानका रूपमा दिने गरी समझदारी गर्न सरकारलाई सुझाव दिएको छ । कांग्रेसका शीर्ष नेताको बुधबार बसेको बैठकले राष्ट्रिय अर्थतन्त्रलाई दृष्टिगत गर्दा अहिले ऋण लिन सक्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो ।
बैठकपछि प्रवक्ता प्रकाशशरण महतले शीर्ष नेताबिच बिआरआईबारे छलफल भएको जानकारी दिँदै ऋणका रूपमा नभई केवल अनुदानका रूपमा मात्रै बिआरआई सम्झौता गर्नुपर्ने निष्कर्षमा पुगेको बताए ।
उनले भने, “चीन सरकार अनुदानकै रूपमा बिआरआई परियोजना स्वीकार गर्न र प्राविधिक सहयोग गर्न तयार भएमा मात्रै समझदारी गर्नु पर्छ । अनुदानका रूपमा समझदारी गर्न चीन सरकार सकारात्मक नभएमा पछि छलफल गर्नुपर्छ ।”
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो