भोलि भारी वर्षाको सम्भावना,जाडो बढ्ने

मौसम विभागको पछिल्लो पूर्वानुमान अनुसार भोलि दिउँसोदेखि शुक्रबार बिहानसम्म कतारका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना देखिएको छ ।
यस अवधिमा,मौसम अधिकांश समय बदली रहनेछ मेघगर्जनसहितको वर्षा, तीव्र हावाहुरी तथा कतिपय स्थानमा असिनापात समेत हुन सक्ने विभागले जनाएको छ ।
विभागले यसअघि जारी गरेको रिपोर्टमा वर्षासंगै देशभरको तापक्रम घट्ने जानकारी दिएको थियो।
विभागले वर्षाको समयमा नागरिक तथा बासिन्दालाई सतर्क रहन र सुरक्षासम्बन्धी निर्देशनहरू पालना गर्न आग्रह गरेको छ। साथै, मौसमसम्बन्धी जानकारी प्राप्त गर्दा आधिकारिक स्रोतहरूबाट मात्र सूचना लिन पनि प्राधिकरणले जोड दिएको छ।
