२०२२ को विश्वकपमा कतारले विदेशी प्रहरी परिचालन गर्ने

सडकमा हुने गुण्डागर्दी रोक्न कतारले आगामी २०२२ विश्वकपमा विभिन्न देशका विदेशी प्रहरी परिचालन गर्ने भएको छ।

सन् २०१६ मा फ्रान्सले आयोजना गरेको युरोकपमा अङ्ग्रेजी तथा रसियन दर्शकबीच बढेको गुण्डागर्दीले बढाएको तनाव लगायत अन्तराष्ट्रिय खेल आयोजनामा हुने त्यस्ता घटना कतारमा पुनः नदोहोरिनेमा आफू विश्वसनीय रहेको सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसी अन्तर्गत सुरक्षा विभागका कार्यकारी प्रमुख मेजर अली मोहम्मद अल अलीले बताएका छन्।साथै कतारले अहिले सम्मकै सुरक्षित विश्वकप आयोजना गर्ने प्रतिवद्धता उनले दिएका छन्।

“हामी अहिले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सुरक्षा संघ संग समन्वय गरेर अगाडि बढिरहेका छौ।हामीले आयोजना गर्ने विश्वकपका लागि योग्य देशका भीड समस्या नियन्त्रण गर्न सक्ने अनुभवी सुरक्षा फौजको सहभागिता रहनेछ” कतारले अन्तराष्ट्रिय सुरक्षा सम्मेलनको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा अलीले थप जानकारी दिएका छन्।

कतारले आयोजना गर्ने विश्वकपमा लगभग एक करोड तीस लाख दर्शकको सहभागिता रहने अनुमान गरिएको छ।त्यस्तै सो दर्शकहरु एउटै शहर “दोहामा” रहने हुँदा विभिन्न समस्याको सम्भावना बढ्ने देखिन्छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button