सुनको मूल्य तोलामा १ हजारले बढ्यो

काठमाडौँ, मंसिर ३-

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार रुपैयाँले बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार रुपैयाँ रहेको सुन यस दिन १ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।

यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेर त्यसयता न्यूनतम १ लाख ६० हजारसम्म झरेको थियो । चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९०५ रुपैयाँ रहेको चाँदी यस दिन १९२० रुपैयाँ कायम भएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button