बिज्ञापन

अवस्था सुध्रिए दुई हप्ता भित्र सनैया क्षेत्रको लकडाउन खोलिने

कोरोना भाइरसका कारण विगत एक महिना देखि लकडाउनमा रहेको कतारको सनैया (औद्योगिक क्षेत्र १ देखि ३२) सम्मको अवस्थाका बारेमा पहिलो पटक विभिन्न समुदायका मिडिया तथा प्रतिनिधिहरुले अवलोकन गरेका छन् ।

कतार सरकारको गृह मन्त्रालयका अधिकारीहरु, सुरक्षा अधिकारीहरु र नेपालि प्रतिनिधिहरुले उक्त क्षेत्रको अवलोकन गरेका थिए l त्यस्तै नेपाली समुदायका तर्फबाट गैर आवसीय नेपालि सङ्घ राष्ट्रिय समन्वय परिषद कतारका महासचिव पदम गिरी उपाध्यक्ष कुमार खड्का तथा राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाली संयोजक रमजान अलिमिया लगायतको अवलोकनमा सहभागिता रहेको थियो l

अवलोकनको क्रममा लक डाउनमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, खानपिन , तलब लगायतका प्रत्यक्ष सरोकार राख्ने बिषयहरुमा सोधपुछ गरिएको थियो l उक्त क्षेत्रमा रहेका नेपालिहरुले आफुहरु खुशी र सुरक्षित रहेको, कतार च्यारिटी मार्फत कतार सरकारले समस्यामा परेकाहरुलाई खाना उपलब्ध गराएको र कम्पनीले न्युनतम तलब पनि प्रदान गरेको बताए l उक्त क्षेत्रमा खरिद गरि खान चाहनेलाई खाद्दान् स्टोर, रेमिट्यान्स, सपिङ सेन्टर, हेल्थ सेन्टर लगायतको राम्रो व्यबस्था रहेको जानकारी एनआरएनका सचिव गिरीले जानकारी दिए ।

सो क्षेत्रमा रहने नागरिकले आफुहरु सुरक्षित रहेको र बाहिर हल्ला फिजाईए जस्तो पिडा नरहेको बताए l भ्रमणका कर्ममा सरकारी कर्मचारी र सुरक्षा अधिकारीहरुले लकडाउनमा रहेका सबै नागरिक आफनो परिवार जस्तै रहेको र उनीहरुको हरेक आवश्यकता कतार सरकारले पुरा गरिरहेको बताए । आगामी दिनमा पनि थप सहयोग गरिने हुँदा सबैलाई संयमित रहन र सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरेको जानकारी मियाले दिएका छन l

दैनिक जसो सेनिटाइज गरि उक्त क्षेत्रलाई थप सुरक्षित राखेर सरकारले बिस्तारै उक्त क्षेत्र खोल्ने तयारीमा रहेको समेत बताइएको छ l करिब १२ किलोमिटर क्षेत्रमा रहेको उक्त क्षेत्र बाट करिब १३००० टन भन्दा बढी फोहोर समेत निकालिएको जानकारी सुरक्षा अधिकारीहरुले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button