मलेसियामा कामदारको न्यूनतम तलब बढ्ने

काठमाडौं – मलेसियन सरकारले कामदारको न्यूनतम तलब बढाउने घोषणा गरेको छ ।
आउँदो जनवरी १ देखि लागू हुने गरी घण्टाको ५ दशमलव ५ रिंगिट तथा मासिक १ हजार ५० रिंगिट न्यूनतम तलब हुने त्यहाँको प्रधानमन्त्री कार्यालयले जनाएको छ । अहिले मलेसियामा कामदारको न्यूनतम तलब ९२० देखि १ हजार रिंगिटसम्म छ ।
देशको आर्थिक अवस्थाका आधारमा तलब बढाउने घोषणा गरिएको मलेसियाको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
न्यूनतम तलब बढ्दा त्यहाँ कार्यरत नेपाली कामदार पनि प्रत्यक्ष लाभान्वित हुनेछन् । मलेसियामा झण्डै ५ लाख नेपाली कार्यरत रहेको अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो