आज बाट के-के खुले ?

कोभिड १९ को प्रतिवन्ध क्रमश हटाउदै लैजाने क्रममा कतारले तेस्रो चरण आज देखि सुरु भएको छ । अगस्ट १ देखी तय गरिएको तेस्रो चरण,भाइरसको दैनिक स्थितिमा सुधार आउँदै गएपछी आजका लागि अघि सारिएको हो । यस विषयमा जानकारी दिन स्वास्थ्य मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरेको थियो । मन्त्रालयले भाइरसको महामारी विरुद्ध अग्रपंक्तिमा बसेर काम गर्ने सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई धन्यवाद समेत व्यक्त गरेको छ ।

प्रतिवन्ध हट्दै गएपनी भाइरस विरुद्धको सुरक्षाका उपायहरु भने अनिवार्य रुपमा अपनाउनु पर्नेछ । मास्क,पन्जा,एह्तेराज एपको प्रयोग,कम्तिमा १.६ मिटरको सामाजिक दुरी,अनावश्यक भिड नगर्ने लगायत अन्य सावधानीहरु भाइरसको खोप आविष्कार नभए सम्म अपनाउनुपर्नेछ । कतारमा अझै पनि मास्क नलगाई हिडे दुई लाख रियाल वा तीन वर्ष सम्मको सजाय हुने कानून यथावत छ । प्रतिवन्ध फुकुवाको अर्को चरण सेप्टेम्बर १ देखि सुरु गरिनेछ ।

 

के के खुले आज देखि ?

१. सम्पूर्ण सपिङ सेन्टरहरु ५० प्रतिशतले खुले।

३. होलसेल मार्केटहरु ३० प्रतिशतले खुले  ।

४. कतार सरसफाई कार्यक्रम बाट अनुमति पाएका केही रेस्टुरेन्टहरु ५० प्रतिशतले खुले । जसमा दुई मीटरको दुरीमा टेबलहरु राख्न पर्ने। एउटा टेबलमा ४ जना र एकै परिवारका ६ जना सम्म मात्र बस्न पाईनेछ । शपिंग मलका फुड कोर्ट अझै खोल्न नपाउने भएको छ ।

५. ड्राइभिङ स्कुलहरु अगस्ट ३ तारिक देखि ५० प्रतिशतले खुले । भर्नाको लागि अनलाइन बुकिङ गर्नुपर्ने ।

६. नर्सरी र चाइल्ड केयर सेन्टर खुले, शैक्षिक संस्था पूर्ण रुपमा सेप्टेम्बर देखि मात्र खुल्ने ।

७. सावधानी अपनाएर ८० प्रतिशत कामदारले काम गर्न पाउने । बाँकीले घर बाटै काम गर्नुपर्ने । कार्यालयमा १० जना सम्मले बैठक गर्न पाउने ।

८. ३० प्रतिशतले सैलुन खुले । कामदारले मास्क,फेस शिल्ड र पन्जा लगाउन पर्ने । कामदारको अनिवार्य भाइरस जाँच हुनुपर्ने ।  ५० प्रतिशत ग्राहक क्षमता घटाएर हेल्थ क्लब,जिम सेन्टर,स्विमिङ पुल,ब्युटि पार्लर खुले। मसाज सेन्टर भने अझै बन्द रहने ।

९. निजि मेडिकलहरु ८० प्रतिशत क्षमताले खुले ।

१०. दर्शक बिना खेलकुद प्रतियोगिता आयोजना गर्ने अनुमति दिइएको छ ।

११. भित्री स्थानमा १० जना सम्म र बाहिरी स्थानमा ३० जना सम्म भेला हुन पाइने । अझै पनि मास्क लगाउने तथा अन्य सावधानीका उपाय अनिवार्य अपनाउनुपर्ने । समुन्द्री तठमा बस्न र पिकनिक गर्न नपाउने।

१२. इद र शुक्रबारको प्राथर्नाको लागि थप ३०० मस्जिद खुले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button