वरिडुले मोबाइल डाटा घटाउने

वरिडुले मोबाइल डाटा घटाउने भएको छ।नोभेम्बर २१ तारिख बाट लागु हुनेगरि डाटा रिचार्ज गर्दा आउने डाटा तथा बोनस घटाउन लागिएको सूचना वरिडुुले आज प्रकाशित गरेको हो।

लागू हुने नयाँ डाटा रिचार्ज अनुसार १० रियाल डाटा कार्ड मा आउने १०० एमबी डाटा यथावत रहनेछ भने बोनस डाटा ५०० एमबीको म्याद सोही दिनको सम्म मात्र हुनेछ।

त्यस्तै ६० रियाल को डाटा रिचार्जमा २.५ जीबी डाटा,८० रियालको ४ जीबी र १०० रियाल को ७ जीबी डाटा आउनेछ।साथै उक्त रिचार्जहरुमा अहिले जस्तो आउने बोनस डाटा पनि कटौती हुनेछ।

हाल १० रियाल को डाटा रिचार्जमा १०० एमबी डाटा सँगै १ जीबी बोनस डाटा सोही दिन सम्मको लागि,६० रियाल मा १ जीबी डाटा सँगै ४ जीबी बोनस डाटा २८ दिनको लागि,८० रियाल मा ३ जीबी डाटा सँगै ४ जीबी बोनस २८ दिन सम्मका लागि र १०० रियाल मा ६ जीबी डाटा सँगै ३ जीबी बोनस डाटा २८ दिन सम्मको लागि उपलब्ध छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button