कतारको आकाशमा आज सुपर मून देखिने

आज आइतबार डिसेम्बर ३ तारिख कतारको आकाशमा सुपर मून(चन्द्रमा) देखिने कतार क्यालेण्डर हाउसले जानकारी दिएको छ।

“कतारको बासिन्दाले आज सुपर मून हेर्ने राम्रो अवसर पाएका छन्।यो खुला आँखाले नै हेर्न सकिनेछ” खगोलबिद डा.बेशिर मर्जोकले बताएका छन्।

सुपर मून चन्द्रमा उदाउने समयमा पूर्वी क्षितिज र अस्ताउने समयमा पश्चिमी क्षितिजमा खुला आँखाले हेर्न सकिनेछ।चन्द्रमा दोहाको आकाशमा बेलुका ४ बजेर ४९ मिनेटमा उदाउनेछ भने सुपर मून को समय साँझ ६ बजेर ४७ मिनेटमा रहनेछ।त्यस्तै चन्द्रमा भोलि बिहान ६ बजेर ३१ मिनेटमा अस्ताउनेछ।आजको यस चन्द्रमाको तथ्यलाई “फुल मून सुपर मून” भनेर वर्गीकरण गरिएको छ।

के हो सुपर मून ?

सामान्य भाषामा चन्द्रमाले पृथ्वी वरपर घुम्ने क्रममा सबैभन्दा नजीकको दूरी स्थितिलाई सुपर मून भनिन्छ।यस्तो अवस्थामा चन्द्रमा केही ठूलो र चम्किलो हुने गर्दछ।यो हालसालै २०१७ को जुन २४ मा देखापरेको थियो।त्यस्तै सन् १९४८ पछिको सबैभन्दा नजीकको सुपर मून गत सालको नोभेम्बर २४ मा देखिएको थियो।

आज पछि सुपर मून हेर्न सन् २०३४ को नोबेम्बर २५ सम्म कुर्नुपर्ने हुन्छ। साथै  यो शताब्दीकै सबैभन्दा नजीकको सुपर मून अब  डिसेम्बर ६,२०५२ मा देखपर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button