सशस्त्र प्रहरी दिवसमा कैदीबन्दीलाई न्याना कपडा वितरण

वीरगञ्ज (पर्सा), पुस २४-

सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वार्टर पर्साले २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा वीरगञ्ज कारागारमा रहेका महिला कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ ।

सशस्त्र प्रहरीले आज यहाँ कारागारमा रहेका ६२ जना महिला कैदीबन्दीहरुलाइ सल र उनीहरुका पाँचजना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले दिवसको अवसरमा सशस्त्र प्रहरीले न्यायो कपडा वितरण गरेको जानकारी दिनुभयो ।

त्यसैगरी सशस्त्र प्रहरीले आज नै वीरगञ्ज महानगर–१ छपकैयाँस्थित बविता पराजुली आधारभुत विद्यालयको प्राङ्गणमा आँखा शिविर सञ्चालन गरेको छ । सो शिविरबाट ७८ जना स्थानीयबासी लाभान्वित भएको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button