रास्वपाले आज पनि सडक आन्दोलन गर्ने

काठमाडौँ, कात्तिक ११-
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि सडक आन्दोलन गर्ने भएको छ । पार्टी कार्यवहाक प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार आज माइतीघर मण्डलामा पार्टीले आन्दोलन गर्ने भएको हो ।
दिउँसो ३ बजे देखि ५ बजेसम्म माइतीघर मण्डलामा आन्दोलन गर्ने उनले जानकारी दिए । ‘हिजो बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट भएको निर्णय अनुसार आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिइनेछ‚’ उनले भने । सहकारीको बचत अपचलनमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टीले निरन्तर सडक आन्दोलन गर्दै आएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो