मतगणनाबिच ह्यारिसले रद्द गरिन् आफ्नो सम्बोधन

वासिङ्टन डीसी, कात्तिक २१-
अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउने क्रम जारी छ । यसैबिच डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आज हुने भनिएको सम्बोधन रद्द गरेकी छिन् ।
कमला ह्यारिसको कार्यालय बाहिर ठुलो सङ्ख्यामा उनका समर्थकहरू जम्मा भएका थिए । तर ह्यारिसको चुनावी अभियानमा संलग्न एक वरिष्ठ सदस्यले ह्यारिस आज सम्बोधन गर्न नआउने बताएका छन् ।
ह्यारिसको कार्यालयबाहिर उनको सम्बोधन सुन्न पर्खिरहेका कार्यकर्ता निराश भएका छन् । मतगणना जारी छ । प्रारम्भिक रुझान अनुसार कमला ह्यारिसका तुलनामा उनको प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प अगाडि छन् । ट्रम्पले उत्तरी क्यारोलिना र जर्जिया समेत गरी दुईवटा स्विङ स्टेट जितिसकेका छन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो