२०५४ सालदेखि कांग्रेसले जित्दै आएको मैलुङ-५ मा एमाले विजयी

ओखलढुंगा,मंसिर १६-
ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षको उपचुनावमा एमाले विजयी बनेको छ । वडाध्यक्षमा एमालेका गंगा तामाङले ३९९ मतसहित विजयी भएका हुन् । २०५४ देखि नै कांग्रेसले जित्दै आएको यस वडामा एमालेले यसपटक कांग्रेसको विरासत भत्काएको हो ।
उपनिर्वाचनमा दोस्रो स्थानमा कांग्रेसका घनश्याम दाहालले १७७ मत पाएका छन् । त्यस्तै रास्वपाका विष्णु पोखरेलले १५१ मत ल्याएका छन् भने माओवादी केन्द्रका मानवहादुर सुनुवारले २३ मत प्राप्त गरेका छन् । ७६८ मत खसेको थियो । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गोपी कार्कीको निधनपछि उपनिर्वाचन भएको हो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो