कप्तान दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको सहज जित, विराटनगरको लगातार दोस्रो हार

काठमाडौं, मंसिर १८-

बलिङ र ब्याटिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको सहज जित निकालेको छ । कप्तान दीपेन्द्रसिह ऐरी अर्धशतकमा सुदूरपश्चिमले सहज जित निकालेको हो ।

प्रतियोगितामा विराटनगरको भने यो लगातार दोस्रो हार हो । विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटले पराजित भएको थियो ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १६.१ ओभरमा ९२ रनमै समेटियो । योसँगै सुदूरपश्चिम पहिले ब्याटिङ गरेर जित निकाल्ने पहिलो टिम बन्यो । प्रतियोगिताको यसअघिका तीनै खेलमा लक्ष्य पछ्याउने टिमले जित निकालेका थिए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button