भरतपुरमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय

निर्वाचन आयोगले चितवको भरतपुर महानगरपालिकामा पुनःमतदान गर्ने निर्णय गरेको छ ।
शनिबार दिउँसो बसेको निर्वाचन आयोगका आयुक्तहरुको बैठकले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको आयुक्त नरेन्द्र दाहालले जानकारी दिनुभयो।
आयोगको निर्णयमा भनिएको छ–स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणना स्थलको अनाधिकृत कब्जा भएको पुष्टि हुन आएको हुँदा सोहि दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको बडा नम्बर १९ को मदतान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरि मतदान गर्ने ।’
रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोक्न भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई जिम्मेवारी समेत आयोगले दिएको छ ।
गत आइतार मतगणनाका क्रममा दलका प्रतिनिधिबीच विवादा हुँदा मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको थियो ।एमालेका देवी ज्ञवाली र कांग्रेस र माओवादी गठबन्धनकी मेयर उम्मेदवार देवी ज्ञवालीबीचको तिब्र प्रतिस्पर्धा भइरहेका बेला प्रतिनिधिबीच विवाद भएको थियो ।
