हमाद विमानस्थलमा ई गेट सेवा अब निःशुल्क, के हो त ई गेट सेवा ?

कतार भित्रने तथा बाहिरिने प्रवाशी यात्रुहरुको सुविधाको निमित्त हमाद एयरपोर्टमा आन्तरिक मन्त्रालयले कतारी परिचय पत्र तथा राहादानी मार्फत हुने ई गेट सेवा नि:शुल्क गरेको छ ।
हमाद एयरपोर्ट भित्रको आगमन कक्षमा १९ तथा प्रस्थान कक्ष तर्फ १६ वटा इगेट सेवा रहेको छ । बिना कुनै पुर्व दर्ता र बिना शुल्क नै यो सेवा प्रयोग गर्न पाइनेछ । तर यात्रुको कतारी आवाश परिचय पत्र वा राहादानी भने बैधानिक हुनुपर्नेछ ।
स्मार्ट यात्रु आयोजना अन्तर्गत पर्ने ई गेट सेवा यहाँका प्रधानमन्त्री तथा आन्तरिक मन्त्रीले यो वर्षको सुरुवात मै आयोजनाको उद्घाटन गर्नुभएको थियो । स्मार्ट यात्रु आयोजनाको मुख्य उदेश्य यात्रु आफैले काउन्टरमा हुने कर्मचारी बिना नै यस स्मार्ट प्राबिधिक मेसिन द्धारा बिना कुनै झन्झट कतार प्रवेश तथा गमनको प्रकिृया पुरा गर्नु हो ।यो सेवा प्रयोग गर्न पहिले दुई सय कतारी रियाल लाग्ने गर्दथ्यो ।
१८ वर्ष भन्दा कम उमेरको यात्रुर्ले यो सेवा प्रयोग गर्न पाउनेछैन् ।
ई गेट सेवा विधुतिय प्रणाली बाट स्वत चल्ने एकप्रकारको मेसिन हो । विमानस्थल भित्र हुने यात्रुको चापलाई घटाउन र छिटो छरितो काम गर्न यो सेवा सुचारु गरिएको हो । यो सेवा प्रयोग गर्दा राहादानी नियन्त्रण अधिकृत द्धारा स्वीकृती लिन वा राहादानीमा प्रस्थान वा आगमनको स्ट्याम्प हान्न पहिलेको जस्तो लामो लाइनमा कुरेर बस्नुपर्ने छैन् । यसले यात्रुको कागजपत्रको गोपनियता तथा सुरक्षा राख्नेछ । यो सेवा प्रयोग गर्नाले धेरै यात्रा गर्दा धेरै स्ट्याम्प लगाउँदा राहादानीको पाना सकिने झन्झट पनि बन्द गर्नेछ ।
१.सुरुमा मेसिनमा हुने ई रिडरमा आफ्नो परिचय पत्र वा राहादानी देखाउन पर्नेछ । त्यसले तपाईको कागजपत्र जाच्दछ ।
२.त्यसले स्वीकृत गरेपछि यात्रुलाई अरबि वा अङग्रेजी भाषामा अगाडी बढ्ने संकेत दिनेछ ।
३.पहिलो सिसाको ढोका पार गरेपछि,मेसिनले यात्रुको आँखा तथा औठाछाप खिच्दछ । डाटा मिलेको खण्डमा बाहिरिने अन्तिम ढोका आफै खुल्नेछ । त्यसपछि सिधै बोर्डिङ्ग गेट वा सामान जम्मा गर्ने ठाउँमा पुग्न सकिनेछ ।
यो सेवा पुरा गर्न दुई मिनेट भन्दा पनि कम समय लाग्दछ ।
www.qnradio.com हेर्दै र पढ्दै गर्नु होला ।