बिज्ञापन

समुन्द्रमा हराएका युवकको शव भेटियो

समुन्द्रमा डुबेर हराईरहेका एक युवकको लास हिजो भेटिएको छ।ईदको पहिलो दिन सि लाइन एरियामा पौडी खेल्ने क्रममा ती युवक बेपत्ता भएका थिए।

हमद मेडिकल अन्तर्गतको एम्बुलेन्स सर्भिस विभागका प्रमुख मोहम्मद साकिरको अनुसार सोमबार गरिएको परिचालनमा सि लाइन क्षेत्रमा उक्त शव भेटिएको खबर आजको गल्फ टाइम्समा छापिएको छ।

सामाजिक सञ्जालमा ती नागरिक इजिप्ट आप्रवासी भनिए पनि त्यसको आधिकारिक पुष्टी भने खुलाइएको छैन।

खाल्डोमा खसेर बालकको मृत्यु

उकेर क्षेत्रमा नछोपी राखेको एक खाल्डोमा खसेर शनिबार ६ वर्षिय बालकको मृत्यु भएको छ।आइडल इन्डियन स्कुलमा अध्ययरत ती भारतिय बालक आफ्नो परिवार संगै खाना खानका लागि एक रेष्टुरेन्ट गएका थिए।

खाना खाए लगत्तै ती बालक हराएपछि परिवारले सामाजिक सञ्जाल,प्रहरी र समुदायका मानिसहरु सहयोगमा खोजी कार्य गरेका थिए।अन्तत: खाल्डोमा खसेका ती बालक मृत अवस्थामा भेटिएको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button