झापाको कनकाई-६ मा ४५ प्रतिशत मतदान

सुरुङ्गा (झापा), मंसिर १६-
झापाको कनकाई नगरपालिका-६ मा ४५ प्रतिशत मतदान भएको छ ।
वडाध्यक्ष पदका लागि भइरहेको निर्वाचनमा दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान भएको निर्वाचन अधिकृत तुलसी नेपालले बताए ।
उनका अनुसार, आइतबार साँझबाटै मतगणना सुरु गर्ने तयारी छ । ‘राजनीतिक दलहरुसँग संक्षिप्त छलफल गरेर सकभर आजैबाट गणना थाल्ने तयारी छ’, उनले भने ।
कनकाई ६ को वडाध्यक्षका लागि एमालेबाट तुलाराम बस्नेत, कांग्रेसबाट रामगोपाल ओली, माओवादी केन्द्रबाट गणेश थापा, राप्रपाबाट नारायणप्रसाद निरौला र स्वतन्त्रबाट लक्ष्मीप्रसाद ओली उम्मेदवार छन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो