ठगी गर्ने चार जना पक्राउ

क्रेडिट कार्ड प्रयोग गरी पैसा ठगी गर्ने चार जनालाई कतार सिआईडीले पक्राउ गरेकोे छ । एसियन मुलका उनिहरुले क्रेडिट कार्डको नम्बर प्रयोग गरी आफ्नो अकाउन्टमा पैसा ट्रान्सफर गर्ने गरेकोे पाईएको छ ।

ठगी भएको कम्पनीको उजुरी पछि विभागले गरेकोे सर्चमा उनीहरू लाई रङेहात पक्राउ गरिएको यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । उनीहरू बाट नक्कली कम्पनीको चेकमा गरिएको हस्ताक्षेर , एटिएम कार्ड , क्रेडिट कार्ड , इन्भोइस लगायतको समान बरामद भएको छ । आफ्नो गल्ती स्वीकार गरिसकेका ति व्यक्तिहरुलाई थप अनुसन्धान तथा कारवाहिको लागि कानुनी प्रकिया अगाडि बढाइएको छ ।
कुनै पनि शंकास्पद गतिविधि देखेँ तुरुन्तै सिआईडी विभागमा खबर गर्न मन्त्रालयले आग्रह गरेकोे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो