माग बढ्न थालेपछि अण्डाको मूल्य बढ्यो

काठमाडौं, मंसिर १६-
बजारमा अण्डाको मूल्य बढेको छ। माग बढ्न थालेपछि अण्डाको मूल्य बढ्न थालेको हो।
शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ३० देखि ४० रूपैयाँ बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोख पोखरेलले जानकारी दिए।
बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन्।
अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ४०, ठूलो चार सय ५५ र एक्सल अण्डा चार सय ७० रूपैयाँ छ। यस अघि मध्यम अण्डा प्रतिक्रेट चार सय, ठूलो चार सय २५ र एक्सल चार सय ४० रूपैयाँ थियो। यो किसानले पाउने मूल्य हो।
उपभोक्ता मूल्य भने प्रतिगोटा २० रूपैयाँ रहेको छ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो