सुनचाँदी व्यवसायी संघ चितवनको अध्यक्षमा हेमबहादुर निर्वाचित

भरतपुर,मंसिर १६-

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको अध्यक्षमा हेमबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ । संघको शनिबार नारायणगढमा सम्पन्न नवौँ साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षसहित सबै पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा उत्सव खाती विक, प्रथम उपाध्यक्षमा त्रिलोक भिके रामदाम, द्वितीय उपाध्यक्षमा मोहन पन्थी, तृतीय उपाध्यक्षमा शोभा बराली, महासचिवमा गोपाल बहादुर विक थापा, कोषाध्यक्षमा रमेशचन्द्र सदाशंकर, प्रवक्तामा लालबहादुर विश्वकर्मा, सचिवमा प्रेम बहादुर विक, तथा सहकोषाध्यक्षमा भीमप्रसाद विक निर्वाचित हुनुभएको छ । त्यसैगरी सात जना सदस्यहरुमा सदस्यहरू लक्ष्मण सेन्चुरी, खिमलाल सुनार, दीपक विश्वकर्मा, अमृत सदाशंकर, टीकाराम सुनार, दीपेन्द्र पौडेल र गुन बहादुर रामदाम वि.क निर्वाचित हुनुभएको संघका नवनिर्वाचत प्रवक्ता लालबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

संघको निवर्तमान अध्यक्ष डा.यमबहादुर विकेको अध्यक्षता एवम् नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले खड्कबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरेको छ । लेखा समिति सदस्यहरुमा जीवन विश्वकर्मा श्यामलाल विक निर्वाचित हुनुभएको प्रवक्ता लालबहादुर विश्वकर्माले जानकारी दिनुभयो । त्यस्तै भोजराज सेन्चुरीको संयोजकत्वमा निर्माण भएको संघको अनुगमन समितिको सदस्यमा लक्ष्मण गजमेर र गोविन्द खाती निर्वाचित हुनुभएको छ ।

संघको निर्वाचन समिति संयोजक अधिवक्ता रमेश काफ्लेले शनिबार नै नवनिर्वाचित कार्यसमितिको घोषणा, प्रमाणपत्र वितरण एवम् सपथ ग्रहण गराउनुभएको थियो । पुरानो कार्यसमितिले शनिबार नै पद हस्तान्तरण समेत गरेका थिए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button