नासर अल अली इन्टरप्राइजेजका ५० कामदारले सुनको सिक्का पाए

 आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइजेजमा कार्यरत ३० जना कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले ५ ग्रामका दरले २५० ग्राम सुनको सिक्का पुरस्कार  प्रदान गरेका छन् । कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई सो सुनको सिक्का हालै प्रदान गरेका हुन् ।

सुनको सिक्का पाएर खुशीले दङग भएका कामदारहरुले आफुले पाएको सुनको सिक्का पुरस्कार घरमा पठाउने बताए । यसैगरी ६ वर्षसम्म निरन्तर रुपमा सोही कम्पनीमा काम गरिरहेका कामदारहरुलाई पनि कम्पनी मालिक अलीले प्रमाणपत्र प्रदान गरेका थिए । सुनका सिक्का पुरस्कार पाउने कामदारहरुका अनुसार नासर अल अली इन्टरप्राइजेज आफैमा राम्रो कम्पनी भएको र कम्पनी मालिक अली असाध्यै सहयोगी हृदयको भएको बताए । उनले कामदारहरु सबै संग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने गरेका छन् । समय समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार स्वरुप दिएर कम्पनी मालिक नासर अल अलीले आफ्नो कम्पनीको कामदारहरुको हौसला र मनोवल बढाउदै आइराखेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button